आर्सनल कारबाओ कपको सेमिफाइनलबाटै बाहिरिएको छ। आर्सनल समग्रमा न्युकासल युनाइटेडसँग ४-०ले पराजित हुँदै फाइनलमा पुग्न असफल भएको हो।
बुधबार राति भएको खेल सेमिफाइनलको दोस्रो लेगमा आर्सनल न्युकासलसँग २-०ले पराजित भयो । त्यसअघि पहिलो लेगमा पनि आर्सनल २-०ले नै पराजित भएको थियो।
न्युकासलका लागि ज्याकोब मर्फी र एन्थोनी गोर्डनले गोल गरे। घरेलु मैदानमा मर्फीले १९औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यसपछि ५२औं मिनेटम गोर्डनले गोल गरेपछि न्युकासल २-०ले विजयी भयो।
अब न्युकासलले उपाधिका लागि लिभरपुल र टोनटनहमबीचका विजेतासँग खेल्नेछ। पहिलो लेगमा टोटनहम १-०ले विजयी भएको थियो।