लन्डन क्लब चेल्सी घरेलु मैदानमै पराजित भएको छ। प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा चेल्सी घरेलु मैदान स्टामफेर्ड ब्रिजमा एस्टन भिल्लासँग २–०ले पराजित भयो।
चेल्सीलाई उसकै मैदानमा हरउाने क्रममा भिल्लाका लागि ओली वाट्किन्स र जोन ग्याकगिनले गोल गरे । भिल्लाले दुवै हाफमा गोल गरेको थियो।
१८औं मिनेटमा वाट्किन्सको गोलमा चेल्सीले सुरुआती अग्रता लियो। पहिलो १–०मै सकियो। ५६औं मिनेटमा म्याकगिनले गोल गर्दै भिल्लाको अग्रता दोब्बर बनाए।
खेलमा ६९ प्रतिशत बल पोजेसन बनाउँदै भिल्लामाथि दबाब राखेपनि उसले गोल गर्न सकेन। उसले २७ सट प्रहार गर्दा ८ सट फ्रेममा थियो। यता, भिल्लाले ५ सट प्रहार गर्दा २ सट फ्रेममा थियो।
२८ खेलबाट ३८ अंकमात्र जोडेको चेल्सी ११औं स्थानमा झरेको छ। ऊ शीर्ष स्थानको आर्सनलभन्दा ३४ अंकले पछि छ। अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना लगभग सकिएको छ। भिल्ला समान खेलबाट ४१ अंक जोडेर नवौँ स्थानमा छ।