दोस्रो संस्करणको कफि क्लब च्यारिटी फुटसल सम्पन्न, वाईवा ‘बी’ च्याम्पियन

21 Apr, 2024

दोस्रो संस्करणको कफि क्लब च्यारिटी फुटसल प्रतियोगिताको उपाधि वाईवा ‘बी’ले जितेको छ।

ललितपुरको सुनाकोठीस्तिथ ओखट फुटसलमा शनिबार भएको प्रतियोगितामा वाखट ‘ए’लाई पेनाल्टी सुटआउटमा ५–४ हराउँदै वाईवा ‘बी’ च्याम्पियन बनेको हो। निर्धारित समयको खेल १–१को बराबरीमा सकिपछि निर्णय पेनाल्टीबाट गरिएको थियो।

उपाधिसँगै वाईवा ‘बी’ले ८ हजार रुपैयाँ र उपविजेता वाखट ‘ए’ले ५ हजार रुपैयाँ प्राप्त गरेको छ। यस्तै, वाईवा ‘बी’लाई च्याम्पियन बनाउन महत्पूर्ण भूमिका खेलेका महेन्द्र कार्की प्लेयर अफ दी टुर्नामेन्ट भए।

ललितपुर महानगरपालिका २७ का वडा सदस्य श्याम महर्जनले विजेतालाई ट्रफी र मेडल प्रदान गरेका थिए। समापन कार्यक्रम संस्थाका अध्यक्ष प्रेमकुमार राईको सभापतित्वमा भएको थियो।

ललितपुर महानगरपालिका वडा नं. १४ का अध्यक्ष अमृतजंग महतको प्रमुख अतिथ्यमा भएको उद्घाटन कार्यक्रममा महानगरिय प्रहरी वृत्त, चापाँगाउका प्रहरी नायब उपरीक्षक दीलबहादुर मल्ल विशेष अतिथि थिए।

गैर नाफामूलक संस्था कफि क्लबले आयोजना गरेको प्रतियोगितामा २० टिम सहभागी रहेको आयोजक संस्थाका सचिव सुरेश राईले बताए। प्रतियोगिताबाट उठेको रकम त्रिभुवन विश्वविद्यालयको भुगोल विभागमा अध्ययनरत छात्रालाई शैक्षिक सोधपत्र निर्माण गर्नका प्रदान गरिएको उनले जानकारी दिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]