फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई सन् २०२५ मा हुन लागेको ई–स्पोर्ट्स विश्वकपको ग्लोबल ब्रान्ड एम्बासडर बनेका छन्।
ई–स्पोर्ट्स विश्वकप फाउन्डेशनले ४० वर्षीय पोर्चुगिज सुपरस्टार फुटबलर रोनाल्डोलाइए ग्लोबल ब्रान्ड एम्बासडर बनाएको हो।
रोनाल्डो एम्बासडर बनेपछि ई–स्पोर्ट्सको लोकप्रियता अझै बढ्ने र परम्परागत खेलकुद र ई–स्पोर्ट्सबीचको अन्तर घट्ने विश्वास फाउन्डेशनले लिएको छ।
अब रोनाल्डोले विश्वकपको मुख्य अभियानको नेतृत्व गर्दै ‘राइज एबभ’ अर्थात् ‘सबै सीमा नाघेर अघि बढिने’ अर्थको नारा प्रचार गर्नेछन्। यो नाराले मानव क्षमताको अनुभूति गराउने, साहस, परिश्रम अनि उत्कृष्टतालाई प्रेरित गर्ने सन्देश बोकेको फाउन्डेशनले जनाएको छ।
‘खेल सदा परिवर्तन हुन सक्छ, ई–स्पोर्ट्स पनि एक नयाँ क्षेत्रमा फैलिँदै छ। यहाँ खेलाडीहरूको लगन, कौशल अनि साहस परम्परागत खेलमा जस्तै छन्। म यो कार्यक्रमको एम्बासडर हुन पाउनुमा गर्व गर्छु। भविष्यको पुस्तालाई प्रेरित गर्न म साथ दिनेछु’ क्रिस्टियानो रोनाल्डोले भनेका छन्।
रोनाल्डो संसारभर लोकप्रिय छन्- इन्स्टाग्राममा उनका ६५० मिलियन फलोअर छन्, एक्समा ११५ मिलियन अनि युट्यूबमा ७५ मिलियन सब्सक्राइबर छन्।
