नेपाली राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरी आईसिसीको टि–२० अलरान्डरको र्याङकिङका एक स्थान तल झरेका छन्।
स्कटल्यान्डमा जुजान भएको त्रिकोणात्मक सिरिज यता कुनै पनि टि–२० अन्तर्राष्ट्रिय नखेले दीपेन्द्र वरीयतामा एक स्थान तल झर्दै चौथो स्थानमा आइपुगेका छन्। उनको २०९ रेटिङ प्वाइन्ट छ।
दीपेन्द्र अलराउन्डरतर्फ दोस्रो स्थानसम्म पुगेका थिए। उनी लामो समयसम्म दोस्रो स्थानमै थिए। आईसिसीको पछिल्ला दुई अपेटडमा उनी तल झरिरहेका छन्।
अलराउन्डर वरियतामा भारतका हार्दिक पाण्ड्या शीर्ष र अफगानिस्तानका मोहम्मद नाबी दोस्रो स्थानमै यथावत छन्। यस्तै, जिम्मबाबेका कप्तान सिकन्दर राजा एक स्थानमाथि उक्लँदै तेस्रो स्थानमा पुगेका छन्।
आईसिसीको टि–२० अलराउन्डरतर्फ शीर्ष सयमा नेपालका कुशल भुर्तेल, गल्सन झा, रोहित पौडेल कुशल मल्ल र करण केसी छन्। जसमा कुशल भुर्तेल एकस्थान माथि उक्लँदै ३४औं स्थानमा छन् भने गुल्सन ५८औं स्थानमा यथावत छन्।
यस्तै, रोहित पौडेल २ स्थान तल झर्दै ६९औं स्थानमा आइपुग्दा कुशल मल्ल एक स्थान तल झर्दै ७१औं र करण केसी एक स्थान माथि उक्लँदै ९०औं स्थानमा आएका छन्।
