कतारेकी एरिकाले युएईमा नेपाललाई दिलाइन् रजत

21 Feb, 2025
Share:
117 Shares

नेपाली कराते खेलाडी एरिका गुरुङले युएईमा जारी के वान युथ लिगमा रजत पदक जितेकी छिन्।

दुबईमा भएको लिगमा एरिकाले ६८ केजी माथिको तौल समूहमा रतज जितेकी हुन्।

१९औं एसियन गेम्स र एसियन च्याम्पियनसिपकी समेत रजत विजेता एरिका फाइनलमा इरानी खेलाडीसँग ९–१ ले पराजितपछि स्वर्णबाट भने बञ्चित भइन्।

फाइनल यात्राका क्रममा एरिकाले भारतीय खेलाडीलाई ८–०, क्वाटरफाइनलमा काजाकास्तानी खेलाडीलाई ४–१ र सेमिफाइनलमा टर्कीएकी खेलाडीलाई ५–२ ले हराएकी थिइन्।

प्रतियोगितामा नेपालबाट एरिका मात्र सहभागी थिइन्।