एरिकाले चीनमा हुने कराते वान प्रिमियर लिग खेल्ने

7 Apr, 2026

नेपाली स्टार कराते खेलाडी एरिका गुरुङले चीनको लेसनमा हुने डब्लुकेएफ कराते वान प्रिमियर लिगमा प्रतिस्पर्धा गर्ने भएकी छन्। त्यसका लागि एरिकासहित ३ सदस्यीय नेपाली टोली बुधबार चीन प्रस्थान गर्दै छ।

अप्रिल १० देखि १२ तारिखसम्म हुने प्रतियोगितामा एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छिन्। गत जनवरीमा टर्कीको इस्तानुबलमा भएको प्रिमियर लिगमा एरिकाले ऐतिहासिक रजत पदक जितेकी थिइन्।

राष्ट्रिय कराते टोलीका प्रशिक्षक कुशल श्रेष्ठका अनुसार विश्व वरीयतामा एरिका हाल ११औं स्थानमा छिन्। सन् २०२६ को उपलब्धिका आधारमा भने एरिका चौथो वरियतामा छिन्।

तीन सदस्यीय टोलीमा कुशल प्रशिक्षकको जिम्मेवारीमा छन्। व्यवस्थापकमा रवि महर्जन छन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र नेपाल कराते महासंघका महासचिव दावा गुरुङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]