नेपालको पहिलो फ्रेन्चाइज भलिबल लिग ‘एभरेस्ट महिला भलिबल लिग’मा शुक्रबार ऐतिहासिक अक्सन भएको छ। पहिलो पटक भएको अक्सनबाट सहभागी ६ टिमले मार्कीसहित समान ८ खेलाडी टिममा लिए।
अक्सनमा सहभागी ६८ खेलाडीलाई तीन क्याटेगोरीमा विभाजन गरिएको थियो। क्याटेगोरी एमा १३, बीमा ४३ र सीमा १८ खेलाडी थिए।
त्यसमध्ये अक्सनअघि नै ६ टिमले एबाट मार्की खेलाडी लिएका थिए। मार्की खेलाडीको मूल्य १ लाख ७५ हजार ५ सय रुपैयाँ थियो। यता, एमा रहेका खेलाडीको मूल्य न्यूनतम १ लाख १५ हजार र अधिकतम १ लाख ३२ हजार ५ सय थियो भने क्याटेगोरी बी मा रहेका खेलाडीलाई टिमले न्यूनतम १ लाखबाट अधिकतम १ लाख १५ हजारसम्म बोली लगाए। यस्तै, क्याटेगोरी सी का खेलाडीको न्यूनतम मूल्य५० हजारदेखि अधिकतम ५७ हजार ५०० सम्म थियो।
अक्सनमा एमा नबिकेका खेलाडी बीमा र बीमा नबिकेका खेलाडी स्वतः सी क्याटेगोरीमा झरेका थिए। प्रत्येक टिमले ए क्याटेगोरीबाट मार्कीबाहेक १, बी र सीबाट समान ३ खेलाडी किनेका थिए।
ऐतिहासिक अक्नसबाट दोस्रो संस्करणको लिगका लागि कुन खेलाडी कुन टिममा पुगे?
मधेश युनाइटेड :
निरुता ठगुन्ना (मार्की), आरती सुवेदी (ए), कोपिला राना, सरस्वती कट्टेल र उषा विष्ट (बी), बबिता बोहरा, बसन्ती साउद र स्नेहा ठगुन्ना (सी) ।
कर्णाली यशविस :
सुमित्रा रेग्मी (मार्की), सफिया पुन (ए), रश्मित दुरा, जश्ना महतो र पुजा थारु (बी), नेबिका चौधरी, रेबिका लामा तमु र एलिशा भोजु (सी ) ।
पोखरा निन्जाज :
प्रगति नाथ (मार्की), पुनम चन्द (ए), मिना सुनार, सुनिता खत्री र गरिमा बोहरा (बी), एन्जिला प्रधान, निशा महर र भावना तामाङ (सी)।
ललितपुर क्विन्स :
सलिना श्रेष्ठ (मार्की), संगम महतो (ए), लक्ष्मी चन्द, सुनिता राई र सलिना बुढामगर (बी), निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगी (सी)।
काठमाडौं स्पाइकर्स :
उषा भण्डारी (मार्की), कबिता भट्ट (ए), मनिषा चौधरी, यमुना रसाइली र रिमा कुँवर (बी), वाल्मिका आचार्य, कमला पुन र आशिका क्षेत्री (सी)।
लुम्बिनी लाभाज :
अरुणा शाही (मार्की), कामना विष्ट (ए), एलिशा मानन्धर, शान्तिकला तामाङ र जेनिशा विक (बी), रोमा महतो, रञ्जना भोटो र अनुशा चौधरी (सी)।
