पिएसजी र बोटाफागो नकआउटमा पुगे, जितपछि पछि पनि एट्लेटिको मड्रिड बाहिरियो

24 Jun, 2025

फ्रेन्च क्लब पिएसजी र ब्राजिलियन क्लब बोटाफागो जारी क्लब विश्वकपको नकआउटमा प्रवेश गरेका छन्। समूह बीबाट शीर्ष २मा रहँदै दुवै टिम नकआउटमा प्रवेश गरेका हुन्।

सोमबार राति भएको खेलमा सेटल साउन्डर्सलाई २–०ले हराउँदै पिएसजी शीर्ष स्थानमा रह्यो। उसका लागि ख्रिचा कावराच्खेलिया र अर्चरफ हाकिमीले गोल गरेका थिए। यसअघि उसले एट्लेटिको मड्रिडलाई हराउँदा बोटाफागोसँग पराजित भएको थियो।

यस्तै, समान ६ अंक जोडेको बोटाफागो भने दोस्रो हुँदै नकआउटमा पुगेको छ। यसअघिका दुई खेलमा पिएसजी र साउन्डर्सलाई हराएको बोटाफागो अन्तिम खेलमा एट्लेटिकोसँग १–०ले पराजित भएको थियो।

यता, अन्तिम खेलमा बोटाफागोविरुद्ध जित निकाले पनि एट्लेटिको भने समुह चरणबाटै बाहिरिएको छ। उसलाई नकआउट पुग्न ब्राजिलिय क्लबविरुद्ध ३ गोल अन्तरको जित चाहिएको थियो। तर, उनले १–०को झिनो अन्तरको मात्र जित निकाल्यो। यो पछि उसले शीर्ष २ टिमसँगै समान ६अंक जोडे पछि गोल अन्तरमा पछि रह्यो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]