अमेरिकामा जारी फिफा क्लब विश्वकपमा अहिले समूहको अन्तिम चरण चलिरहेको छ। अन्तिम १६का ८ खेल मध्ये ६ खेलका प्रतिद्वन्द्वीका टुंगो लागिसकेको छ। आज थप दुई खेलको प्रतिद्वन्द्वीको पनि टुंगो लाग्ने छ।
मंगलाबार राति र बुधबार बिहान खेलसँगै समूह सीबाट बेन्फिका र बार्यन म्युनिख तथा समूह डीबाट फ्लेमेङ्गो र चेल्सीले शीर्ष २मा रहँदै नकआउटमा स्थापन बनाएका छन्।
अब अन्तिम १६मा जर्मन क्लब बायर्नले समूह डीको विजेता फ्लेमेङ्गोसँग खेल्ने छ भने समूह डीको उपविजेता चेल्सीले समूह सीको विजेता बेन्फिाकासँग खेल्ने छ।
मंगलबार राति भएको अन्तिम खेलमा बायर्नलाई १–०ले हराउँदै बेन्पिकmा शीर्ष समूह सीको शीर्ष स्थानमा रहेको थियो। उसका लागि १३औं मिनेटमा आन्द्रेस सेजल्डेरुपले गोल गरेका थिए।
यस्तै, बुधबार बिहान भएको खेलमा चेल्सीले इएस टुनिसलाई ३–०ले हराउँदा फ्लेमेङ्गोले लस एन्जलस एफसीसँग १–१को बराबरी खेलेको थियो।
