फिफाले हटायो रुसमाथिको प्रतिबन्ध

5 Oct, 2023

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले रुसमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। प्रतिबन्ध फुकुवा गर्दै फिफाले रुसको यु(१७ महिला र पुरुष टोलीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पनि अनुमति दिएको छ ।

युएफाले रुसको युवा टोलीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको एक सातापछि फिफाले यस्तो निर्णय गरेको हो ।

रुसको सट्टा फुटबल युनियन अफ रसियाको नामसहित उनीहरूको राष्ट्रिय झन्डा, राष्ट्रिय गान, राष्ट्रिय टोलीको किट र उपकरण तथा तटस्थ रंगसहित प्रतिस्पर्धामा उत्रिन दिने फिफाको निर्णय छ । सर्तसहित प्रतिबन्ध फुकुवा गरिएको फिफाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रुसले युक्रेनमा आक्रमण गरेपछि रुसी टोलीलाई अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाइएको थियो ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]