भदाै २१ र २२ गते प्रथम भेलोसिटी अन्तर विद्यालय फुटसल हुने

1 Sep, 2025

भेलोसिटी अन्तर विद्यालय फुटलस प्रतियोगिता हुने भएको छ।

द भेलोसिटी स्कुलको आयोजना पहिलो पटक हुन लागेको प्रतियोगिता भदौ २१ र २२ गते हुने छ। प्रयियोगिताका खेलहरु हर हर महादेव इभेन्ट्स एन्ड स्पोर्ट्समा हुनेछ।

प्रतियोगिताका संयोजक सुप्रभ घिमिरेका अनुसार प्रतियोगितामा उपत्यकाका १६ विद्यालयले सहभागीता जनाउने छन्।

द भेलोसिटी स्कुल, नव ज्ञान पाठशाला, फेरील्याण्ड इन्टरनेश्नल स्कुल, प्रारम्भ एकेडेमी, मेरिडियन इन्टरनेश्नल स्कुल, खृष्टियन कम्युनिटी स्कुल, ग्रीनविच एकेडेमी, श्रीयन्त्र एजुकेशनल फाउन्डेशन, पुष्पलाल मेमोरियल स्कुल, ब्रह्मकुञ्ज शिक्षा सदन, बाल बाटिका स्कुल, मिनील्याण्ड स्कुल, स्वस्तीश्री गुरुकुल, विद्यावाणी पाठशाला, हाइल्याण्ड स्कुल र अक्षरा स्कुलले सहभागी छन्।

खेलमार्फत आपसी एकता र सकारात्मक ऊर्जा प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो।

प्रतियोगितामा लावण्य इन्टरनेश्नल, वेद इन्ग्रेल्स, मेरो कोडिङ, कारखाना साइन्स, ओएसिस पब्लिकेसन, कुमार बेकरी, दैनिक सुपर मार्ट, मर्सील्यान्ड प्रेस, बुलेट टेलर्स र गौतम स्टेशनरीले प्रायोजकका रुपमा रहने छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]