हेल्प नेपाल काभा च्याम्पियन्स लिगको फाइलन पुग्न असफल, तेस्रो स्थानका लागि खेल्ने

23 Jul, 2025
Share:
117 Shares

नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लब माल्दिभ्समा जारी काभा च्याम्पियन्स लिगको फाइलनमा पुग्न असफल भएको छ।

मंगलबार राति भएको लिगको अन्तिम खेलमा खेलमा श्रीलंकाको श्रीलंका पोर्ट अथुरिटीलाई ३–०को सोझो सेटमा पराजित गरेपनि हेल्प नेपाल फाइनल पुग्न भने सकेन।

६ टिम सहभागी प्रतियोगितामा हेल्प नेपालको यो चैथो जित हो। १ खेल मात्र हारेको हेल्प नेपाल र कीर्गिस्तानको बिस्केक–कीर्गिस्तान समान ११ अंक भएको थियो। सेटको जित हार अन्तर बराबरी भएपनि अंक रेसियोमा हेल्प नेपाललाई पछि पर्दौ बिस्के फाइनल पुग्यो।

हेल्प नेपाल भने तेस्रो भएको छ । अब उसले तेस्रो स्थानका लागि आजै पोर्च अथुरिटीसँगै खेल्नेछ। हेल्प नेपाल बिस्केकसँग मात्र पराजित भएको थियो।

यता, उपाधिका लािग काजकिस्तानको जाएक र कीर्गिस्तानको बिस्केक खेल्ने छन्।