अस्ट्रेलियाका इयान हार्वे भने नेपालको कन्सलट्यान्ट बलिङ प्रशिक्षक

15 Jan, 2026

नेपाल क्रिकेट संघ (क्यान)ले हार्वेलाई राष्ट्रिय क्रिकेट टिमको कन्सलट्यान्ट बलिङ प्रशिक्षक नियुक्त गरेको छ।

क्यानले भारत र श्रीलंकामा हुने टि–२० विश्वकपका लागि हार्वेलाई बलिङ प्रशिक्षक नियुक्त गरेको हो। अहिले उनी काउन्टी टिम ग्लामोर्गानका सहायक प्रशिक्षक छन्।

हार्वेले अस्ट्रेलियाका लागि ७३ एदिवसीय खेल खेल्दै ८५ विकेट लिएका छन्। उनले ३०५ लिस्ट ए‌ खेल्दै ४४५ विकेट लिएका छन्।

टी–२० विश्वकप ७ फेब्रुअरीबाट भारत र श्रीलंकामा सुरु हुँदैछ। प्रतियोगितामा २० टोली सहभागी हुनेछन्। भारत र श्रीलंकाका ८ मैदानमा २९ दिनसम्म यो प्रतियोगिता चल्नेछ।

नेपाल समूह ‘सी’मा परेको छ। नेपालको समूहमा समान दुईपल्टको च्याम्पियन इङ्ल्यान्ड र वेस्ट इन्डिजसँगै इटाली र बंगलादेश छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]