इन्डो नेपाल भलिबलमा आर्मीले गल्कोट र गुजरातले एपिएफलाई हरायो

4 Jan, 2025
Share:
117 Shares

मदन भण्डारी गोल्डकप इन्डो नेपाल पुरुष भलिबल च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लब र भारतको गुजरात भलिबल स्टेट विजयी भएका छन्।

बुटबलमा जारी प्रतियोगितामा शनिबार भएको खेलमा दुवै टिमले सहज जित निकाले। आर्मीले गल्कोटलाई ३–०को सेटमा हराउँदा गुजराजतले एपिएफलाई ३–१को सेटमा पाखा लगायो।

त्रिभुवन आर्मीले गल्कोट भलिबल क्लबलाई २५–२१, २५–२३ र २५–१९ को सोझो सेटमा हरायो। आर्मीको दोस्रो जित हो।

यस्तै, अर्को खेलमा पहिलो सेट २५–२१ ले जितेको एपिएफ त्यसपछिका तीनवटै गुमायो। गुजरातले पछिल्ला तीन सेट २५–१८, २५–१५, २५–१८ ले जित्दै खेल आफ्नो पक्षमा बनायो।

आइतबार मणिमुकुन्द भलिबल क्लब र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी तथा गुजरात भलिबल स्टेट र गल्कोट भलिबल क्लबबीच हुने मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए ।