एन्टोनियो कोन्टेको प्रशिक्षणमा रहेको इन्टर मिलान इटालियन सिरि एको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेल फियोरेन्टिनालाई उसकै मैदानमा २–०ले हराउँदै इन्टर शीर्ष स्थानमा उक्लिएको हो ।
फियोरेन्टिनाविरुद्ध इन्टरलाई जित दिलाउन निकोल बरेला र इभान पेरिसिचले गोल गरे । इन्टरले दुवै हाफमा समान १ गोल गरेको थियो । बरेलाले ३१औं मिनेटमा गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । ५२औं मिनटमा पेरिसिचले गोल गर्दै २–० को जित सुनिश्चित गरे ।
खेलमा ५५ प्रतिशत बल पोजेसन बनाएको इन्टरले फियोरेन्टिनाको पोस्टमा १४ सट प्रहार गर्दा ६ सट फ्रेममा थियो । यता, फियोरेन्टिनाले १५ सट प्रहार गर्दा ३ सट फ्रेममा थियो ।
जितसँगै इन्टर शहरकै अर्को टिम एसी मिलान १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लियो । इन्टरको २१ खेलमा ४७ अंक छ भने एक खेल कम खेलेको एसी मिलानको ४६ अंक छ ।
यता हारको सामना गरेको फियोरेन्टिना २२ अंकका साथ १२औं स्थानमा छ ।
I am really loving the theme/design of your blog. Do you ever run into any internet browser
compatibility issues? A handful of my blog audience
have complained about my website not operating correctly in Explorer but looks great in Safari.
Do you have any advice to help fix this issue?
Quality articles or reviews is the key to interest the people to visit the web site,
that’s what this web page is providing.