°
, May 30, 2023 in
0

आईपिएलमा अब ९ टिम

SHARE:

इन्डियन प्रिमियर लिग (आईपिएल)मा ९ टिम सहभागी हुने भएका छन् । भारतीय क्रिकेट कन्टोल बोर्ड (बिसिसिआई)ले आईपिएलको आगामी सिजनमा १ टिम थप्ने तयारी गरेसँगै अब आईपिएल ९ टिमले खेल्ने भएका हुन् ।

अहिले आईपिएलमा ८ टिमले प्रतिस्पर्धा गर्दै आएका छन् । आईपिएलको १४ औं संस्करणमा बिसिसिआईले १ टिम थप्दै प्रतियोगितामा ९ टिमलाई प्रतिस्पर्धा गराउने तयारी गरेको हो ।

यसैगी आगामी सिजनको लागि नयाँ अक्सन गराउने समेत बीसीसीआईले तयारी गरेको छ । ‘बीसीसीआईको तयारी आउने संस्करणमा ९ टिम खेलाउने छ,’ बीसीसीआई एक अधिकारीले भने, ‘त्यसको लागि अक्सन वर्षको सुरुवातमा हुनेछ ।’

कोरोना महामारीको कारण १३ औं संकरणको आईपीएल युएईमा भएको थियो । तर, आगामी सिजन भने भारतमै आयोजना हुने बताईएको छ । दुबईमा मंगलबार सम्पन्न १३ औं संस्करणको उपाधि मुम्बई इण्डियन्सले जितेको छ ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *