इन्डियन प्रिमियर लिग (आईपिएल) को १८औं संस्करण मार्च २२ बाट सुरु हुने भएको छ। बिसिसिआईको आईपिएल गभर्नर काउन्सिलले आइतबार साँझ आईपिएलको खेल तालिका सार्वजनिक गरेको छ।
सार्वजनिक तालिका अनुसार आईपिएलको उद्घाटन र समान दुवै कोलकाता नाइट राइडर्सको घरेलु मैदान इडेन गार्डेनमा हुनेछ। फाइनल मे २५मा हुनेछ।
यस्तै, क्वालिफायर २ पनि इडेन गार्डेनमै हुनेछ भने क्वालिफायर १ र एलिमिनेटर हैदरावादको मैदान राजीव गान्धी रंगशालामा हुनेछ। क्वालिफायर २ मे २३मा हुने छ भने क्वालिफायर १ मे २० र एलिमिनेटर मे २१ मा हुनेछ।
मार्च २२ साँझ ७ः४५मा हुने उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन कोलकाताले रोयल च्यालेन्जर्स बेग्लुरुसँग खेल्ने छ। त्यो दिन एक खेल मात्रै हुनेछ।
दोस्रो दिन २ खेल हुनेछ। जसमा पहिलो खेल सनइराइजर्स हैदरावादले राजस्थान रोयल्ससँग खेल्दा अर्को खेल एल क्लासिको अर्थात मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबीच हुनेछ। यो खेल वानखेडेमा हुनेछ।
तालिका अनुसार डबल हेडर विदाको दिन अर्थात् शनिबार र आइतबार हुनेछ भने अन्य दिन सिंगल हेडर हुनेछ। आईपिएलमा कुल ७३ खेल हुनेछन्।
१८औं आईपिएलका खेल १३ भेन्यूमा हुनेछ। जसमा अहमदावाद, मुम्बई, चेन्नई, बेंग्लुरु, लखनउ, मुल्लापुर (मोहाली), दिल्ली, जयनपुर, कोलकाता, हैदरावाद छन्। यी १० टिमका होम ग्राउन्ड हुन्। यी बाहेक गुवाहटी, विशाखापटनम र धर्मशालामा पनि खेल हुनेछ। गुवाहटी राजस्थान, धर्मशाला पञ्जाव र विशाखापटनम दिल्लीको दोस्रो घरेलु मैदान हो। यी तीन मैदानमा कुल ७ खेल हुनेछ।