सेपाकताक्रोमा नेपालले जित्यो २ अन्तर्राष्ट्रिय पदक

24 Jul, 2025
Share:
117 Shares

नेपालले ३८औं आईएसटीएफ विश्व च्याम्पियनसिपमा बिहीबार १ स्वर्ण र १ रजत जितेको छ।

नेपालले मिक्स क्वाडमा स्वर्ण र पुरुष रेगुमा रजत जितेको नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङले जनाएका छन्।

मिक्स क्वाडमा रोशन तामाङ ९कप्तान०, सुमित्रा डंगोल, निरु थापा मगर, पदम ठाडा मगर र राजन नेपालीले प्रतिस्पर्धा गरेका थिए। चाइनिज ताइपेईं दोश्रो र बंगलादेश तेश्रो भए।

थाइल्यान्डमा भइरहेको प्रतियोगिताको रेगुमा रोशन, पदम र राजनसहित सुजन थिङ र सनम पुर्जा मगरले खेलेका थिए। चाइनिज ताइपेईंले स्वर्ण जित्यो ।