नापोलीले जित्यो सुपरकोपा इटालियना उपाधि

23 Dec, 2025
Share:
117 Shares

सुपरकोपा इटालियनाको उपाधि नापोलीले जितेको छ। सोमबार राति साउदी अरेबियाको रियादमा भएको फाइनलमा बोलोग्नालाई २–०ले हराउँदै नापोली च्याम्पियन बनोको हो।

नापोलीलाई च्याम्पियन बनाउने क्रममा दुवै गोल ब्राजिलिय स्ट्राइकर डेविड नेरेसले गरे। उनले दुवै हाफमा गोल गरेका थिए।

खेलको ३९औं मिनेटमा नेरेसको गोलमा नापोलीले सुरुआती अग्रता लियो। उनले माटेयो प्लाटिनोको पासमा गोल गरेका थिए। यस्तै, ५७औं नेरेसले नै टिमको अग्रता दोब्बर बनाए। त्यसपछि थप गोल नहुँदा नापोली च्याम्पियन बन्यो।

तेस्रो पटक सुपरकोपा उपाधि जितेको नापोलीले यसअघि १९९० र २०१४मा यो उपाधि जितेको थिाये।