टियू मैदानमा फ्लडलाइटमा पहिलो खेल, आसिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य

17 Nov, 2025

नेपाल प्रियिमर लिगको दोस्रो सिजनको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई १३१ रनको मध्यम लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको जनकपुरले मध्यक्रम कोल्याप्स भएपछि ६ विकेटको क्षतिमा १३० रन मात्र बनाउन सक्यो।

पहिलो पटक नेपाल फ्लडलाइटमा भएको खेलमा जनकपुरका लागि मार्की खेलाडी आसिफ सेखले अर्धशतक बनाए। उनले ४१ बलमा ६ चौका र १ छक्का मद्दतमा ५४ रन बनाए। यस्तै, युवा ब्याट्सम्यान मयन यादवले २९ बलमा नटआउट ३४ रन बनाउँदा लहिरु समरकुनले २१ बलमा २२ रन बनाए।

उसका अन्य चार ब्याट्सम्यान सिंगल डिजिजमा आउट भए। लहिरु मिलन्थाले १२ बलमा ७, जान निकोल लफ्टी इटोन र सन्जय कृष्णमूर्तिले समान २ रन बनाउँदा कप्तान अनिल साह २ बलमा डकआउट भए।

बलिङमा काठमाडौंका लागि मिलिन्द कुमारले ३ विकेट लिए भने करण केसी, साहब आलम र सन्तोष यादवले समान १ विकेट लिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]