रोनाल्डोको गोलमा युभेन्ट्स विजयी

Read Time:1 Minute

स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि इटालियन सिरि एमा युभेन्टस विजयी भएको छ। शनिबार राति भएको खेलमा रोनाल्डोको गोल मद्दतमा रोमालाई २–०ले पारजित गर्दै युभेन्ट्सले शीर्ष स्थानको इन्टर मिलानसँगको दुरी ५ अंकमा झारेको छ ।

घरेलु टिम युभेन्टसको जितमा क्रिस्टियानो रानाल्डोले एक गोल गरे भने अर्को उसले आत्मघाती उपहार पाएको थियो । खेलको १३ औं मिनेटमा अल्भारो मोरटाको पासमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाए। यो गोलसँगै रोनाल्डोले जारी सिजनमा २३ गोल गरेका छन्।

पहिलो हाफमा एक गोलले पछि परेको रोमाका बनेज डे सिल्भाले ६९औं मिनेटमा आफ्नै पोस्टमा गोल गरेपछि युभेन्ट्समाथि दबाब बनाए पनि रोमा पराजित हुन बाध्य भयो । खेलमा रोमाले ५२ प्रतिशत बल पोजेसन बनाउँदै १४ सट प्रहार गरेको थियो, जसमा ३ सट फ्रेममा थियो । युभेन्ट्सले भने ३ सट प्रहार गर्दा २ सट फ्रेममा थियो ।

यो जितसँगै युभेन्टसले भने लिगको शीर्ष स्थानमा रहेको इन्टर मिलानसँगको अंक दूरी ५ घटाएको छ। २० खेलबाट ४२ अंक बनाउँदै युभेन्टस लिगको तेस्रो स्थानमा उक्लिएको छ। २१ खेलबाट ४० अंक बनाएको रोमा भने लिगको चौथो स्थानमा झरेको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post टि–१० लिगमा कुशलको डेब्यू, १२ बलमा बनाए १८ रन
Next post भरानोको गोलमा रियलको जित
Close