तेक्वान्दोकी काजल अमेरिकामा उत्कृष्ट निर्णायक

20 Jul, 2025

तेक्वान्दोकी अन्तर्राष्ट्रिय निर्णायक काजल श्रेष्ठ अमेरिकामा उत्कृष्ट निर्णायक बनेकी छ्नि। वर्ल्ड तेक्वान्दो हान्मादाङमा उनी उत्कृष्ट निर्णायक घोषित भएकी हुन्।

अमेरिकाको क्यालिफोर्निया जुलाइ १७ देखि १९ तारिखसम्म भएको प्रतियोगितामा १३ औं दक्षिण एसियाली खेलकुद ९साग० की स्वर्ण विजेता काजलले प्रतियोगितामा ग्योरोगी र पुम्सेमा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन्।

प्रतियोगितामा ८० निर्णायकको सहभागिता रहेको बताइएको छ प्रतियोगितामा ३० राष्ट्रका १ हजार ७ सय खेलाडी सहभागी थिए।

काजलले यसअघि अस्ट्रेलियन ओपन तथा जापानमा २०२४ र २०२५ मा भएको वाटा ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् । २०२५ मा काजल उत्कृष्ट निर्णायक पनि घोषित भएकी थिइन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]