अन्तर्राष्ट्रिय करातेमा नेपाललाई दुई स्वर्ण

Read Time:1 Minute

नेपालले तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा २ स्वर्ण पदक जितेको छ । स्वर्णका अलावा नेपालले थप २ रजत पदक पनि जित्यो।

श्रीलंकाको रतनापुरा ईन्डोर स्टेडियममा भएको प्रतियोगितामा नेपालका ५ खेलाडी सहभागी थिए । नेपालका लागि ९ वर्ष उमेरसमूहमा सन्यम कँडेल तथा ७५ केजीमा कमरुद्दिन अलिले स्वर्ण पदक जिते ।

पुरुषोत्तम पोखरेल र शोभाखर पन्थ रजत पदकमा सिमित भए । मार्च ४ तारिखमा भएको प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकासहित ५ राष्ट्रको सहभागिता रहेको थियो।

नेपाली कराते टोलिको नेतृत्व नेपाल कराते महासंघ महासचिव एवं दक्षिण एशियाली वादोरियो कराते महासंघका अध्यक्ष हरिशरण केसीले गरेका थिए । टिम ब्यबस्थापकमा जेनिश पन्थी थिए।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post डिफेन्डिङ च्याम्पियन मछिन्द्र पहिलो खेलमै स्तब्ध
Next post लिभरपुले रच्यो इतिहास, युनाइटेडको सर्मनाक हार
Close