रविन्द्रले करातेमा दिलाए नेपाललाई स्वर्ण

Read Time:5 Minute

खेलाडी तथा प्रशिक्षक रविन्द्र मानन्धरले सातौं निसिमुरा कप कराते अनलाईन काता प्रतियोगितामा स्वर्ण प्राप्त गरेका छन् । फिलिपिन्स कराते लिगको आयोजनमा भएको अनलाईन प्रतियोगितको ३७–४५ बर्ष उमेर समूह एडवाच मास्टर्स कातामा मानन्धरले स्विडेनका खेलाडी एन्टोन कुमरलाई पराजित गर्दै नेपालका लागि स्वर्ण दिलाएका हुन् ।

प्रतियोगितामा नेपालले १६ स्वर्ण, १२ रजत र ७ कास्यका साथ कुल ३५ पदक हात पार्न सफल भएको प्रशिक्षक एवं निर्णायक रवी शाहीले जानकारी गराए । यस्तै नेपालका लागि काता मार्फत स्वर्ण दिलाउने अन्यमा सुभाष घताने, सुभाष कार्की, मनिष कार्की र सत्कार घर्ती मगर रहेका छन् । यस्तै महिला तर्फ सन्जु देसार, रिना श्रेष्ठ, रोश्ना राई, गरिमा मगर, सुविता गौतम र अनुभा मङ्गान्ती रहेका छन् ।

सुभाष घतानेले नेपालकै जगत सिंह धाकुनलाई रजतमा खुम्चाउँदै स्वर्ण जिते । घतानेले १८ देखि २५ बर्ष उमेर समूह अन्तरगत एडवाच कातामा स्वर्ण हात पारेका हुन् । यसै गरि २५ देखि ३५ बर्ष उमेर समूहमा सुभाष कार्कीले स्विडेनका खेलाडी केन्टारो एरिक्सनलाई पराजि गर्दै स्वर्ण जिते । नेपालका लागि स्वर्ण जोड्ने क्रममा मनिष कार्कीले फिलिपिन्सका म्याथी बाल्डेटामोनलाई पराजिगत गरे । उनले १३ देखि १५ बर्ष उमेर समूहमा स्वर्ण हात पारेका हुन् । सत्कार घर्ती मगरले ९ बर्ष मुनीको तौल समूहमा फिलिपिन्सका चाहतगट सिंगलाई पराजित गर्दै स्वर्ण कब्जा गरे ।

महिला तर्फ सुविता गौतमले ९ बर्ष मुनिको समूूहमा स्वर्ण जितिन् । उनले फिलिपिन्सकी मरिएल्ल उर्बनोलाई पराजित गरेकी थिईन् । १० देखि १२ बर्ष उमेर समूहको नविक कातामा नेपालकी मंग्रान्ती ले नेपालकै न्यान्सी क्षेत्रीलाई हराउँदै स्वर्ण हात पारिन् । यसैगरि १३ देखि १७ बर्ष उमेर समूहको एडवाच कातामा ईन्डोनेसियाकी नबिला शकिला लिनोमेलाई पराजित गर्दै सन्जु देसारले स्वर्ण कब्जा गरिन् । १३ देखि १५ बर्ष उमेर समूहमो नविक कातामा स्विडेनकी नाथली कोमरलाई पराजित गर्दै नेपालकी गरिमा मगरले स्वर्ण हात पार्दा अर्की खेलाडी रोशमा राईले १८ देखि २५ बर्ष उमेर समूहको एडवाच कातामा नेपालकै निता आचार्यलाई पछाडी पार्दै स्वर्ण जितिन् ।

महिलाकै २६ देखि ३५ बर्ष उमेर समूह एडवाच कातामा रिना श्रेष्ठले स्वर्ण हात पार्ने क्रममा फिलिपिन्सकी कन्जेलन्न बोर्जेलाई पराजित गरिन् ।

यसैगरी च्याम्पियनसिपको कुमिते तर्फ ९ बर्ष मुनिको तौलमा रेन्जेन लामाले स्वर्ण जिते । उनले नेपालकै आरभ देवकोटालाई पराजित गरेका थिए । १८ देखि २५ बर्ष समूहमा आशिष कार्की सन्देश लामालाई पन्छाउँदै स्वर्ण जित्न सफल भए । महिला ९ बर्ष उमेर समूहमा सुविता गौतमले जुलियाना मोक्तानलाई पराजित गर्दै प्रथम भईन् । यसमा वोङ्गसिका तामाङ्गले कास्य पाईन् ।

नेपालका लागि रजत पदक दिलाउनेमा सोनिम मानन्धर, जगत सिंह धाखुन, नान्सी क्षेत्री, न्हुज मान शाक्य, निता आचार्य र रुद्राक्ष देवकोटा रहेका छन् । यस्तै जुलिया मोक्तान, दिपसन सापकोटा र निरञ्जन लामाले कास्य पदक जोडे ।

च्याम्पियनपिमा १६ देशका २३२ खेलाडीहरुले सहभागिता जनाएका थिए । नेपाल लगायत फिलिपिनस, ईरान, स्विडेन, जापान, क्यानडा, चिली, ईटली, मकाउ, युएई, ईजिप्ट, युएसए, ईन्डोनेसिया, सिंगापुर, हङ्गकङ्गले सहभागिता जनाएको नेपालका लागि संयोजनकर्ता प्रशिक्षक तथा निर्णायक रवी शाहीले जानकारी गराए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

13 thoughts on “रविन्द्रले करातेमा दिलाए नेपाललाई स्वर्ण

  1. Very good blog! Do you have any recommendations for aspiring writers?
    I’m planning to start my own site soon but I’m a
    little lost on everything. Would you suggest starting with a free platform like WordPress or go for
    a paid option? There are so many options out there that I’m totally confused ..

    Any tips? Bless you!

  2. I like the valuable info you supply in your articles. I’ll bookmark your weblog and check once more here regularly.
    I am moderately sure I will be told many new stuff proper right here!
    Good luck for the following!

  3. Hello There. I found your blog using msn. This is a very well
    written article. I’ll make sure to bookmark it and come back to read
    more of your useful info. Thanks for the post. I will definitely return.

  4. When I originally commented I clicked the “Notify me when new comments are added” checkbox and now each time a
    comment is added I get several emails with the same comment.
    Is there any way you can remove people from that service?

    Cheers!

  5. Hey there! This is kind of off topic but I need some guidance from an established blog.
    Is it tough to set up your own blog? I’m not very techincal but I can figure things out pretty fast.
    I’m thinking about making my own but I’m not sure where to begin. Do you have
    any ideas or suggestions? Cheers

  6. I was suggested this website by my cousin. I’m not sure whether this post is written by him
    as nobody else know such detailed about my trouble.

    You are incredible! Thanks!

  7. Its like you read my mind! You appear to know a lot about this, like
    you wrote the book in it or something. I think that you
    could do with a few pics to drive the message home a little bit,
    but instead of that, this is wonderful blog.
    A great read. I’ll certainly be back.

  8. Useful info. Lucky me I found your site accidentally, and
    I’m stunned why this twist of fate did not came about in advance!
    I bookmarked it.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post रियलका ब्राजिलियन डिफेन्डरलाई कोरोना
Next post बैंग्लोरलाई हराउँदै दिल्ली क्वालिफायरमा, बैंग्लोर एलिमिनेटरमा
Close