काठमान्डु गुर्खाजको क्रिकेट एम्बासडर बनिन् इन्दू बर्मा

17 Nov, 2024

नेपाल प्रिमियर लिग (एनपिएल)को टिम काठमान्डु गुर्खाजले राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दू बर्मालाई क्रिकेट एम्बासडर बनाएको छ।

आइतबार जर्सी सार्वजनिक गर्दै गुर्खाजले ईन्दुलाई क्रिकेट एम्बासडर घोषणा गरेको हो। कार्यक्रममा इन्दूले यो अवसर दिएकोमा काठमान्डु गुर्खातलाई धन्यवाद दिइन्।

‘एनपिएल फेस्टिभल अफ क्रिकेट भएको छ, यसले क्रिकेट क्रेज बढाइरहेको छ,’ उनले भनिन्, ‘जसरी पुरुषको एनपीएल भइरहेको छ भविष्यमा महिला क्रिकेटको पनि एनपीएल हुन्छ भन्ने आशा छ।’

बसन्त शाही मुख्य प्रशिक्षक रहेको काडमान्डु गुर्खाजमा करण केसी मार्की खेलाडी छन्। टिममा भीम सार्की, रशिद खान, शाहव आलम, दीपेश कँडेलजस्ता खेलाडी छन्।

यस्तै, उसले विदेशी खेलाडीको रुपमा यसअघि नेदरल्यान्ड्सका ओपनर माइकल लेभिट, नामिबियाका कप्तान जेर्राड इरसमस तथा इंग्लिस क्रिकेटरद्वय स्टेफन इस्किनाजी र ड्यान डौथवेटलाई अनुवन्ध गरेको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]