पहिलोपटक काभा यू–२० वुमन्स भलिबल च्याम्पियनसिप खेल्न लागेको नेपाली महिला भलिबल टिम माल्दिभ्स पुगेको छ।
बिहीबारदेखि मालेमा सुरु हुने प्रतियोगितामा लागि नेपाली टिम बुधबार बिहान माले पुगेको हो। प्रतियोगितामा नेपाल, माल्दिभ्स, श्रीलंका र कीर्गिस्तान गरी चार राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।
नेपाली टोलीका प्रशिक्षक र खेलाडी पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न उत्साहित भएका छन्। नेपाली टिमको कप्तानी जेनिशा विश्वकर्माले गर्ने छिन्। उनले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न विदेश आउँदा उत्साहित भएको बताइएकी छिन्।
नेपाली टोलीलाई कुमार राई र अर्जुन घिमिरे नेपाली प्रशिक्षण दिने छन्। राईले न्यू डायमण्डमार्फत र घिमिरे बुटवलको एभरेष्ट स्कुलमार्फत महिला भलिबल खेलाडीहरु उत्पादन गर्दै आएका छन् ।
नेपाली टिममा पनि तीनै दुई स्कुलका अधिकांश खलाडी छन्। हाल १२ सदस्यीय नेपाली टोलीमा न्यु डायमण्डका ६ र एभरेष्टका ४ खेलाडी छन्। यस्तै त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबका समान एक खेलाडी छन् ।
पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेपछि सबै खेलाडीले घरेलु प्रतियोगितामा सिनियर टिमबाट खेलिसकेका छ्न।
नेपालले बिहीबार पहिलो खेल श्रीलंकासँग खेल्ने छ। यस्तै दोस्रो खेल शुक्रबार कीर्गिस्तान र तेस्रो खेल शनिवार माल्दिभ्ससँग खेल्नेछ।
सिंगल राउण्ड रोविनको खेलपछि सेमिफाइनल हुनेछ। जहाँ लिगमा पहिलो हुनेले चौथोसँग र दोस्रो हुनेले तेस्रोसँग खेल्नेछ।
नेपाली टिम : जेनिशा विश्वकर्मा (कप्तान), सलिना बुढामगर, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना, आशिका क्षेत्री।