भारतमा भएको प्रथम खो खो विश्वकपमा उपविजेता बनेको नेपाली राष्ट्रिय पुरूष र महिला खो खो टोली स्वदेश फर्किएका छन्।
सोमबार त्रिभुवन विमानस्थलमा खो खो विश्वकपमा उपविजेता बन्न सफल भएका नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्ले नेवारी धिमे बाजा र नेपाल प्रहरीको ब्याण्ड बाजा सहित भव्य रुपमा स्वागत गरेका छन्।
सोही क्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङले सबै खेलाडीहरुलाई बधाई दिदैँ खेलको प्रशंसा गरेका छन्।
उनले भने, ‘म राष्ट्रिय पुरूष र महिला खो खो टोलीलाई बधाई दिन चहान्छु। नेपालमा यो खेलको इतिहास हेर्ने हो भने त्यती लामो छैन् तर यो खेल त्यो खेलभित्र पर्यो जसले नेपाललाई विश्वकपमा पु¥यायो । यो सत्य हो।’
टोलीलाई राखेपका उपाध्यक्ष ध्रुव आचार्य, सदस्य सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, खो खो संघका अध्यक्ष प्रदिप महर्जन लगायतले स्वागत गरेका हुन्।
हेमराज पनेरुको कप्तानीमा रहेको पुरुष टिम र सरस्वती कडायतको कप्तानीमा रहेको महिला टिमले उत्कृष्ट प्रदर्शन गर्दै खो खो विश्वकपको फाइनल पुगेको थियो। तर आइतबार भएको फाइनलमा नेपालको दुवै टोली आयोजक भारतसँग पराजित भएको हो।