°
, May 29, 2023 in

केपी ओली कपको तालिका सार्वजनिक, उद्घाटन खेलमा सातदोबाटो र पुलिस भिड्ने

SHARE:

केपी ओली कप नकआउट फुटबल प्रतियोगिताको तालिका सार्वजनिक भएको छ। आयोजक युवा संघ नेपालले आइतबार प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो।

प्रतियोगितामा ७ ए डिभिजन र १ आयोजक गरी कुल ८ टिम सहभागी छन्।

फागुन ११ गतेदेखि हुने प्रतियोगिताको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब भिड्ने छन्। यस्तै, दोस्रो दिन त्रिभुनव आर्मी क्बलले न्युरोड टिम एनआरटीको सामाना गर्नेछ।

फागुन १२ गते नै मच्छिन्द्र क्लब र चर्च ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ । १३ गते केपी ओली फुटबल क्लब र जाउलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

पहिलो र दोस्रो खेलको विजेताले १४ गते पहिलो सेमिफाइनल खेल्ने छन् । तेस्रो र चौथो खेलको विजेताबीच फागुन १५ गते खेल हुने छ । यी सबै खेल एन्फा कम्लेक्स सातदोबाटोमा हुने छन् । तर फाइनल खेल भने फागुन १७ गते दशरथ रंगशालामा हुनेछ ।

आयोजकका अनुसार प्रतियोगिताको केपी ओली कपको विजेताले १० लाख तथा उपविजेता टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई समान ५० हजार रुपैयाँ प्रदान गरिनेछ।

आयोजकले प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार तथा हरेक खेलको म्यान अफ द म्याचलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने बताएको हो।

SHARE: