केपी ओली कपको ट्रफी अनावरण

Read Time:1 Minute

केपी ओली कप २०२३ फुटबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ। आयोजक राष्ट्रिय युवा संघ नेपालले मंगलबार विजेताले पाउने उपाधि ट्रफी सावर्जनिक गरेको हो ।

यस्तै, सोमबार नै प्रतियोगिताकचो अफिसियल गीत सार्वजनिक भएको छ।  केपी ओली कप २०२३ राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन फागुन ११ गते एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने भएको हो। 

फुटबल प्रतियोगिता १७ गतेसम्म चल्ने र फाइनल प्रतियोगिता सोही दिन हुने युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए। 

प्रतियोगितामा ८ वटा ए डिभिजन क्लब सहभागी हुने छन्। प्रतियोगितामा प्रथम हुने समूहलाई १० लाख रुपैयाँ, रनरअपलाई ५ लाख रुपैयाँ प्राप्त गर्ने छन्।

अध्यक्ष पौडेलले केपी ओली राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष भएकाले उनको सम्मान गर्न र समकालीन नेताहरूमध्ये ओलीले खेलकुद बुझेको र चासो राख्ने भएकाले उनको नाममा फुटबल प्रतियोगिता गरिएको बताए। 

ओली समर्थकको ध्यानलाई खेलकुद क्षेत्रप्रति डाइभर्ट गर्न सकेमा खेलकुद क्षेत्रमा ठूलो लगानी र योगदान हुने सम्भावना बढ्ने भएकाले पनि यो प्रतियोगिता गरिएको उनले उल्लेख गरे। 

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post रोहितको कप्तानी पारी, स्कटल्यान्डमाथि नेपालको कीर्तिमान जित
Next post कप्तानी पारी खेलेका रोहित भन्छन्- मैदान अभ्यस्त भएकाले सफलता मिल्यो
Close