इयू टि-२० लिगमा ललितले पनि दर्ता गराए नाम

23 Jan, 2026

पहिलो संस्करणको इयू टि–२० लिग बेल्जियमका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललित राजवंशीले पनि नाम दर्ता गराएका छन्।

ललितले बिहीबार नाम दर्ता गराएको इयू टि–२० लिगले सामाजिक सञ्जालमार्फत जनाएको छ।

इयू टि–२० लिगमा लिगमा नाम दर्ता गराउने उनी तेस्रो नेपाली खेलाडी हुन्। यसअघि दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले नाम दर्ता गराएका थिए।

२०२६ मे ३० देखि जुन ७ सम्म आयोजना हुने लिगको बेल्जियम संस्करणमा एन्टवर्प, ब्रुज, लुभेन, लियेज, गेन्ट र ब्रसेल्सका ६ टिम सहभागी हुने छन्।

यो लिगका लागि स्टार खेलाडीहरू नाम दर्ता गराएका छन्। जसमा दक्षिण अफ्रिकाका रसी भान डेर डुसेन, श्रीलंकाका एन्जेलो म्याथ्युज र वानिन्दु हसरङ्गालगायत छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]