इन्जुरी समयमा भान डाइकको निर्णायक गोलमा लिभरपुलले एट्लेटिको मड्रिडलाई हरायो

18 Sep, 2025

च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले विजयी सुरुआत गरेको छ। बुधबार राति भएको खेलमा इन्जुरी समयमा कप्तान भिर्गिल भान डाइकको निर्णायक गोल मद्दतमा लिभरपुलले एट्लेटको मड्रिडमाथि ३–२को जित निकाल्यो।

खेलमा लिभरपुलका लागि भान डाइकसँगै मोहम्मद सलाह र एन्ड्रयू रोबर्टसनले गोल गरेका थिए भने एट्लेटिकोका लागि दुवै गोल मार्कस लोरन्टेले गरेका थिए।

खेलमा पहिलो ६ मिनेटमै लिभरपुलले २–०को अग्रता लिएको थियो। चौथो मिनेटमा रोबर्टसनले सलाहको पासमा गोल गरेका थिए भने छैठौं मिनेटमा सलाहले ग्रावेनबर्चको पासमा गोल गर्दै टिमको अग्ता दोब्बर बनाएका थिए।

इन्जुरी समयको तेस्रो मिनेटमा लोरन्टेले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काएका थिए। उनले जिआकोमो रास्पाडोरीको पासमा गोल गरेका थिए। त्यसपछि ८१औं मिनेटमा लोरन्टेले नै गोल गदैृ खेललाई २–२ को बराबरीमा ल्याए।

तर, इन्जुरी समयको दोस्रो मिनेटमा भान डाइकले सोबोस्लाइको पासमा गोल गर्दै टिमलाई ३–२को जित दिलाए।

यस्तै, अर्को खलमा इन्टर मिलान आयक्समाथि २–०को जित निकाल्यो। दुवै गोल मार्कस थुरामले गरे।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]