प्रिमियर लिगको हेभिवेट भीडन्तमा लिभपुल विजयी भएको छ। आइतबार राति एन्डफिल्डम भएको खेलमा लिभरपुलले आर्सनलमाथि १–०को जित निकाल्यो।
लिभरपुललाई जित दिलाउन डोमिनिक सोबोस्लाइले निर्णायक गोल गरे। उनले ८३औं मिनेटमा फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए। योसँगै लिभरपुलले ३७ प्रियिमर लिगमा खेलमा लागतार गोल गर्न सफल भएको छ।
यता, आर्सनको यो १५ खेलपछिको अवे हार हो। ऊ सन् २०२४ को नेभेम्बरमा न्युकासलसँग १–०ले पराजित भएयता अवेमा अपराजित थियो।
यसैगरी, पेप ग्वार्डिओलाको टिम म्यान्चेस्टर सिटीले भने प्रियिमर लिगमा लगातार दोस्रो हार व्यहोरोको छ। अघिल्लो खेलमा टोनटनहमसँग पराजित भएको सिटी आइतबार राति भएको खेलमा ब्राइटनसँग २–१ले पराजित भयो।
सिटीले सिजनको सुरुआती तीन खेलमा २ खेल हारेको यो सन् २००४–०५ पछि पहिलो पटक हो। सिजनको सुरुआती तीन खेलमा २ खेल हारेको टिमले अहिलेसम्म एक पटकमात्र उपाधि जितेको छ। म्यान्चेस्टर युनाइटेडले १९९२–९३ मा यस्तो उपलब्धि हासिल गरेको थिाये।
खेलमा सिटीले ३४औं मिनेटमा अर्लिङ हालान्डको गोलमा अग्रता लियो। यो उनको प्रिमियर लिगको एक सयौं खेल थियो। त्यसपछि जेम्स मिल्नरले ६७औं र बार्जन ग्रुडाले ८९औं मिनेटमा गोल गर्दै ब्राइटनलाई जित दिलाए।
अर्को खेलमा क्रिस्टल प्यालेसल एस्टन भिल्लामाथि ३–०को फराकिलो जित निकालेको छ।
