चौथो लुम्बिनी पिस म्याराथन शनिबार हुने

17 Mar, 2026

लुम्बिनीमा चौथो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन यही शनिबार आयोजना हुने भएकाे छ।

नेपाल ओलम्पिक कमिटीले सन् २०२२ देखि लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन गर्दै आएको छ।

यसपालि पुरुष म्याराथन, महिला हाफ म्याराथन, खुला ५ किमि दौड (पुरुष/महिला), ५ किमि दौड (छात्रछात्रा), ५ किमि रन भेट्रान पुरुष गरी ५ विधामा प्रतिस्पर्धा हुनेछ । ३ किमि खुला पिस वाकाथनको आयोजना पनि गरिनेछ। सबै इभेन्टमा गरी करिब १२ सय जनाले भाग लिने एनओसीले जनाएको छ।

चौथा संस्करणमा कुल पुरस्कार राशि १७ लाख ६९ हजार रहेको छ। पुरुष म्याराथन विजेताले ३ लाख ५० हजार, दोस्रो हुनेले २ लाख ५० हजार र तेस्रो हुनेले १ लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । म्याराथनमा टपटेन धावकले क्रमशः एक लाख, ८० हजार, ६० हजार, ४० हजार, २० हजार १० हजार र ५ हजार पुरस्कार पाउनेछन्।

महिला हाफ म्याराथनमा विजेताले १ लाख ५० हजार, उपवजेताले १ लाख, तेसोले ८० हजार, चौथोले ५० हजार र पाँचौं स्थान प्राप्त गर्नेले ३० हजार पुरस्कार पाउनेछन् । अन्य विधाका विजेतालाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]