खेलकै क्रममा शनिबार मैदानमै बेहोश भएका नेपाली राष्ट्रिय टिमका स्ट्राइकर मनिष डाँगी खतरामुक्त भएका छन् । ए डिभिजन लिगअन्तर्गत शनिबार भएको मछिन्द्र र च्यासल युथ बीचको खेलमा क्रममा विपक्षी खेलाडीसँग ठोकिएपछि मनिष मैदानमै बेहोस भएर ढलेका थिए।
मैदानमै करिब १० मिनेटको प्राथमिक उपचारपछि मनिषलाई रंगशालासँगै जोडिएको ब्लुक्रस अस्पताल पु¥याइएको थियो । मनिषको आवश्यक सबै परीक्षण सकिएको अस्पतालले जनाएको छ। उनी खतरामुक्त छन् र उनलाई ४८ घण्टाको मेडिकल अब्जरभेसनमा राखिएको छ ।
‘उनको टाउको र घाँटीको सिटी स्क्यान गरिएकोमा दुवैको रिपोर्ट नर्मल छ । ईसीजी र ईको परीक्षणमा पनि खराबी देखिएको छैन,’ मछिन्द्रका फिजियो सुरज भुसालले भने, ‘दायाँ कानमाथि एक सेन्टिमिटर चोट लागेको छ । दुईवटा टाँका लगाइएको छ ।’
फिजियो भुसालले मनिष छिट्टै खेलमा फर्कन सक्ने आशा व्यक्त गरेका छन् ।
निबार शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत च्यासलसँगको खेलका क्रममा मच्छिन्द्र क्लबका खेलाडी मनिष डाँगी गम्भीर कन्कसन इन्जुरी (टाउकोमा चोट) बाट गुज्रिए । सुनील बलको स्थानमा मैदान प्रवेश गरेको तीन मिनेटपछि नै च्यासलका यान्निक केचासँग ठोक्किएपछि मनिष झण्डै ६ मिनेटसम्म बेहोस भएका थिए।
उदीयमान स्ट्राइकर मनिषको चोटका क्रममा धेरैले केही महिनाअघि युरो–२०२० का क्रममा मैदानमै हृदयघात भएका डेनमार्ककका खेलाडी क्रिष्टियन इरिक्सनलाई सम्झिए । गम्भीर चोट भए पनि इरिक्सन र मनिषको चोटको प्रकृति फरक हो ।