उपत्यकाव्यापी मेयर कप फुटबलको उपाधि काठमाडौंले जित्यो

17 May, 2025

दोस्रो उपत्यकाव्यापी खुला मेयर कप फुटबलको उपाधि काठमाडौं महानगरपालिकाले जितेको छ

फाइनल खेलमा आयोजक गोदावरी नगरपालिकालाई पेनाल्टीमा ८–७ गोलले पराजित गर्दैे विजेता भएको हो। जितसँगै महानगरपालिकाको टीमले नगद ५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ। उपविजेता आयोजक गोदावरीलाई नगद ३ लाख रुपैयाँसहित ट्रफी प्रदान गरिएको छ।

फाइनल खेलको निर्धारित समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि दुवै टीमलाई ५÷५ पेनाल्टी गोलको अवसर दिइएको थियो। यसमा दुवै टीमले सबै गोल प्रहार गरे। त्यसपछि दिइएको ३÷३ पेनाल्टी गोलको अवसरमा महानगरपालिकाले ३ र गोदावरी नगरपालिकाले २ गोल गरेको थियो।

यस्तै मध्यपुर थिमीलाई फेयर प्ले टिमको उपाधि दिइयो। महानगरपालिकाका कोच सन्तोष न्यौपानेलाई वेस्ट कोच उपाधि प्राप्त भयो। सरोज तामाङ्लाई वेस्ट डिफेन्डर, सुदीप गिरीलाई प्लेयर अफ द फाइनल, गोदावरी नगरपालिकाका समीर तामाङ्लाई इनर्जिङ प्लेयर, अरुण लामालाई हाइएस्ट गोल स्कोरर, पासाङ लामालाई प्लेयर अफ द टुर्नामेन्ट र विवेक सिलवाललाई वेस्ट गोलकिपर उपाधि प्रदान गरिएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]