मिस पबी बनिन् धनगढी एफसीको ब्रान्ड एम्बासडर

7 Oct, 2023

मोडल मिस पबी नेपाल सुपर लिग (एनएसएल) क्लब धनगढी एफसीको ब्रान्ड एम्बासडर बनेकी छिन्।

मिस पवी एक सिजनका लागि धनगढी एफसीको ब्रान्ड एम्बासडर बनेकी हुन्। धनगढी एफसीका सीईओ सकुश केसी र पवीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

धनगढी एफसीको ब्रान्ड एम्बासडर नियुक्त भएपछि मिस पवीले एकदमै उत्साहित भएको बताइन्। उनले भनिन्, ‘धनगढी एफसीको ब्रान्ड एम्बासडरका रुपमा जोडिन पाउँदा म एकदमै उत्साहित छु। कहिले दशरथ रंगशालामा खेल होला र कहिले खेल हेर्न जाउला भनेर आतुर पनि भैसकेँ।’

धनगढी एफसीका सीईओ केसीले सुदूरपश्चिम र कर्णाली प्रदेशको प्रतिनिधत्त्व गरिरहेको धनगढी एफसीको ब्रान्ड एम्बास्डरको रुपमा सोही क्षेत्रकै लोकप्रिय कलाकार मिस पवीलाई ब्रान्ड एम्बासडरको रुपमा पाउँदा खुशी व्यक्त गरे।

नेपाल सुपर लिगको दोस्रो संस्करण आगामी मंसिर ८ देखि पुस २१ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा हुँदैछ। धनगढी एफसीले आफ्नो पहिलो खेल आगामी नोभेम्बर २६ तारिखमा वीरगञ्ज युनाइटेडसँग खेल्ने तालिका छ।