मुख्य प्रशिक्षक बनेपछि देसाईले भने– खेलाडी क्षमतावान छन्, एकदिवसीय मान्यता जोगाउन प्रयास गर्छु

Read Time:1 Minute

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका मोन्टी देसाई नियुक्त भएका छन्। मुख्य प्रशिक्षक बनेपछि देसार्यले एकदिवसीय मान्यता जोगाउन प्रयास गर्ने बताएका छन्।

मुख्य प्रशिक्षकमा नियुक्त भएपछि आयोजित पत्रकार सम्मेलनमा देसाईले नेपालका खेलाडी क्षमतावान भएको र त्यही क्षमताका आधारमा एकैनासको प्रदर्शनको अपेक्षासहित एकदिवसीय मान्यता जोगाउनमा लाग्ने बताए।

आईसीसी विश्वकप क्रिकेट लिग–२मा नेपालले १२ खेल खेल्न बाँकी छ । बाँकी सबै खेल्न जित्ने प्रयास गर्दै एकदिवसीय मान्यता जोगाउन लाग्ने बताए । उनले भने, ‘मेरो अहिलेको योजनामा १२ वटा एकदिवसीय खेल र नेपालको एकदिवसीय मान्यता जोगाउने तर्फ नै हुनेछ।’

मुख्य प्रशिक्षक देसाईले नेपालको ब्याटिङमा पनि क्षमतावान खेलाडी भएको र उनीहरुले क्षमता अनुसार प्रदर्शन गर्न सके नेपालको ब्याटिङ पनि सुध्रिने बताएका छन् ।

घरेलु मैदानमा नेपालले फागुन २ गतेदेखि लिग टू अन्तर्गत स्कटल्यान्ड र नामिबियासँग त्रिकोणात्मक सिरिज खेल्दै छ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post पल्सस स्पोर्ट्स अवार्ड : पिपल्स च्वाइसमा आसिफ, अञ्जन, उषा, डुवाना र अभिलाषाकाे प्रतिस्पर्धा
Next post गोल्डेन एथलेटिक्स मिटमा तेज र निशा उत्कृष्ट
Close