पर्यटकीय भीसामा रहेका खेलाडीलाई नखेलाउन अध्यागमनले पत्र काटेपछि राष्ट्रिय लिग स्थगित

20 Mar, 2026

राष्ट्रिय लिगका खेलहरु स्थगित भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार दिउँसोपछिका खेलहरु स्थगित गरेको हो।

अध्यागमन विभागले पर्यटकीय भिसामा रहेका खेलाडीलाई नखेलाउन पत्र काटेपछि एन्फाले लिग स्थगित गरेको हो।

एन्फाले लिगको ९७औं खेल र एक सयपछिका सबै खेल अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको जानकारी क्लबहरुलाई गराएको छ।

अध्यागमन विभागले बिहीबार पर्यटकीय भिसामा रहेका विदेशीलाई खेलमा सहभागी नगराउन अखिल नेपाल फुटबल संघ एन्फालाई पत्र काटेको थियो। सोही पत्रपछि एन्फाले लिगका खेल स्थगित गरेको हो।

एन्फाले अध्यागमनको पत्र र एन्फा गेटमा धर्ना भएका कारण लिगका खेल खेलाउने वातावरण नभएको जनाकएको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]