युवा ब्याट्सम्यानद्वय भीम सार्की र कुशल मल्लको उत्कृष्ट ब्याटिङ मद्दतमा नेपालले एसिसी प्रिमियर लिगमा विजयी सुरुआत गरेको छ। भीम र कुशलको अर्धशत मद्दतमा नेपालले मलेसियामाथि ६ विकेटको जित निकाल्यो।
कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा पहिला ब्याटिङ गर्दै मलेसियाले दिएको २३६ रनको लक्ष्य नेपालले ३६.२ ओभरमा ४ विकेट गुमाउँदै भेट्टयो ।
नेपालका लागि भीम सार्कीले सर्वाधिक ७१ रन बनाउँदा कुशल मल्लले ७० रन बनाए। भीमसले ९८ बलमा ५ चौका प्रहार गर्दा कुशलले ४० बलमा समान ५ चौका र छक्का प्रहार गरे। यी दुईले चौथो विकेटका लागि ११२ रनको शतकीय साझेदारी गरे।
आक्रामक इनिङ खेलेका कुशलले २८ बलमै अर्धशतक बनाए। उनले ३ चौका र ४ छक्का प्रहार गरे। १९ वर्षीय कुशलको यो एकदिवसीयमा चौथो अर्धशतक हो।
यसअघि भीम सार्कीले अर्धशतक बनाए । तेस्रो नम्बरमा ब्याटिङका लागि आएका भीमसले ९ एकदिवसीय खेलमा भीमको यो दोस्रो अर्धशतक हो। यस्तै, एकदिवसीयमा दोस्रो अर्धशतक बनाएका भीमले ७५ बलमा ४ चौका प्रहार गरे।
यस्तै, कप्तान रोहितकुमार पौडेलले ४३ बलमा ५ चौका प्रहार गर्दै ४२ रन बनाए भने ओपनर कुशल भुर्तेलले ३१ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३८ रन बनाए।
मलेसियाका मुहम्मद वाफिक, रिजवान हैदर, विजय उनी र विरन्दीप सिंहले समान १ विकेट लिए।
कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा पहिला ब्याटिङ गर्दै मलेसियाले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा २३५ रन बनायो।
पहिला ब्याटिङ गरेको मलेसियाका लागि कप्तान अहमद फैजले सर्वाधिक ७६ रन बनाए। उनले ९५ बलमा ८ चौका र १ छक्का प्रहार गरे। यस्तै, ओपनर विरन्दीप सिंहले ९४ बलमा २ चौका प्रहार गर्दै ४६ रन बनाए।
यी दुईले दोस्रो विकेटका लागि ११६ रनको शतकीय साझेदारी गरेका थिए। यस्तै, खिजार हायतले २५ बलमा २२ रन बनाउँदा सर्जुल इद्रुसले १३ बलमा २१ र मुहमम्द अमिरले १८ बलमा १७ रन बनाए।
मलेसियालाई मध्यम स्कोरमा रोक्नो क्रममा नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३ विकेट लिँदा ललित राजवंशीले २ विकेट लिए। सोमालले ९ ओभरमा ४० खर्चिए भने सन्दीपले १० ओभरमा ४८ रन खर्चिए । यस्तै, ललितले १० ओभरमा ३४ रन खर्चिए। गुल्सन झाको नाममा पनि १ विकेट रह्यो।