माल्दिभ्सलाई हराउँदै नेपाल यू–१९ साफको सेमिफाइनलमा

25 Sep, 2023

नेपाल यू–१९ साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको समूहको अन्तिम खेलमा भाल्दिभ्सलाई ४–१ले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो।

पहिलो खेलमा पाकिस्तानसँग १–०ले पराजित भएको नेपाल ३ अंक जोड्दै समूह उपविजेताका रुपमा सेमिफाइनल पुगेको हो। यो समूहमा ४ अंक जोडेको पाकिस्तान विजेता बन्यो।

सेमिफाइनल पुग्न निश्चित जित चाहिएको खेलमा नेपाललाई जित दिलाउन समीर तामाङले २ गोल गरे भने प्रशान्त लक्सम र निराजन धामीले पनि गोल गरे। नेपालले दुवै हाफमा समान २ गोल गरेको थियो।

१६औं मिनेटमा प्रशान्तको गोलमा खेलमा नेपालले अग्रता लियो । २९औं मिनेटमा समीरले नेपालको अग्रता दोब्बर बनाए। ५८औं मिनेटमा माल्दिभ्सले गोल फकाउँदै नेपालमाथि दबाब बनाएको थियो।

तर, ८८औं मिनेटमा निराजनले नेपाललाई सेमिफाइनलतर्फ अग्रसर गराए। इन्जुरी समयको छैठौं मिनेटमा समीरले नै गोल गरेपछि नेपाल ४–१ले विजयी भयो।

खेलको अन्त्य दुवै टिमले १० खेलाडीमा रहेर गरेका थिए। नेपालले पहिलो गोल गरे लगत्तै नेपालका सुजन डंगोल र माल्दिभ्सका कप्तान मोहमद इयान हसन झगडा गरेपछि रेफ्रिले दुवैलाइ रातो कार्ड दिएका थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]