भारतविरुद्ध नेपालले बराबरी गोल फर्कायो

27 Sep, 2023

जारी यू–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतविरुद्ध बराबरी गोल फर्काएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफमा १–०ले पछि परेको नेपालले ७४औं मिनेटमा बराबरी गोल फर्काएको हो।

नेपालको लागि समीर तामाङले गोल गरे। उनले डिबक्स बाहिरबाट आएको लामो पासमा हेडिङमार्फत गोल गरेका थिए। प्रतियोगितामा समीरको यो तेस्रो गोल हो।

त्यसअघि २६औं मिनेटमा भारतले अग्रता लिएको थियो। उसका साहिल खुर्सिदले गोल गरेका थिए।

आजको खेलको विजेताले उपाधिका लागि पाकिस्तानसँग खेल्ने छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]