नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज लिग फुटबल नेपाल सुपर लिग (एनएसएल) तालिका सर्वाजनिक भएको छ ।
वैशाख ११ गते दशरथ रंगशालामा हुने उद्घाटन खेलमा काठमाडौं रेजर्स एफसी र ललितपुर सिटी एफसी भिड्ने छन् । खेल दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ ।
दोस्रो दिन दुई खेल हुनेछ । पहिलो खेलमा विराटनगर सिटी एफसीले धनगढी एफीसँग खेल्ने छ भने दोस्रो खेल पोखरा थन्डर्स र बुटबल लुम्बिनी एफसीबीच हुने छ। पहिलो खेल २ः३० र दोस्रो खेल ५ः३० बजे सुरु हुने छ।
आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले प्रतियोगिता लम्ब्याएको छ । सुरुमा वैशाख ११ देखि २५ गतेसमम्म भनिएको प्रतिोगिता अब जेठ १ गतेसम्म हुनेछ । प्रतियोगितामा काठमाडौं र ललितपुरसँगै विराटनगर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्नेछन् ।
खेल सिंगल राउण्ड रोविन लिगमा हुनेछ। लिगका शीर्ष ४ टिमले प्लेअफ खेल्ने छन्। शीर्ष दुईले प्लेअफको क्लालिफायर खेर्ने छन् भने तेस्रो र चौथो एलिमिनेटर खेल्ने छन् । क्वालिफायरको विजेता सिधै फाइलन पुग्ने छ भने पराजित हुनेले फाइलन पुग्नका लागि एलिमिनेटरको विजेतासँग खेल्ने छ।
हेर्नुस् तालिका
