°
, June 2, 2023 in

सय रन नबनाउँदै नेपालले गुमायो ७ विकेट, दबामा नेपाल

SHARE:

युएईले दिएको २०८ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले खराब ब्याटिङ गरेको छ। आईसिसी विश्वकप लिग–२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजअन्तर्गत युएई विरुद्ध नेपालले १ सय रन नबनाउँदै नेपालले महत्वपूर्ण ७ विकेट गुमाएको छ।

नेपालले ९९ रन बनाउँदा ७ विकेट गुमाएको थियो। ताजा अवस्थामा नेपाल २१ ओभरमा १ सय रन बनाएर खेलिरहेको छ। क्रिजमा सोमपाल कामी र गुल्शन झा छन्। दुवैले खाता खोल्न सकेका छैनन्।

नेपालका लागि कुशल मल्लले अर्धशतक बनाए। उनले कुशलले ५४ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६० रन बनाए। यस्तै, आसिफ सेखले १७ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

नेपालका ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल र आरिफ सेख डक आउट भए।

नेपाललाई सस्तैमा रोक्ने क्रममा युएईका जुनैद सिद्दिकी र रोहन मुस्तफाले समान २ विकेट लिए।

SHARE: