भारत र पाकिस्तानसँग एकदिवसीय क्रिकेट खेल्न नेपाल एक कदममात्र पछि छ। भारत र पाकिस्तानसँग एसिया कप क्रिकेट खेल्न नेपालले सोमबार टियू मैदानमा युएईको चुनौती पन्छाउनु पर्नेछ।
यदि सोमबार युएईलाई हराउन सके नेपाल पहिलो पटक एसियाकपमा छनोट हुनेछ र भारत–पाकिस्तानसँग क्रिकेट खेल्ने वर्षौंदेखिको सपना साकार हुनेछ।
नेपाल र युएई दुवै एसिया कप छनोटका रुपमा रहेको एसिसी प्रिमियर कपको फाइनलमा पुगेका छन्। शनिबार कीर्तिपुर मैदानमा भएको कुवेतविरुद्धको सेमिफाइनल वर्षका कारण बीचमै रोकिएपछि नेपाल समूह चरणमा गरेको प्रदर्शनका आधारमा फाइनल पुगेको हो।
यता, मुलपानी क्रिकेट मैदानमा भएको वर्षा प्रभावित खेलमा ओमानलाई डिएल मेथडमा २ रनले हराउँदै युएई फाइनलमा पुगेको हो।