°
, June 2, 2023 in

सोमपाल चम्किँदा युएईविरुद्ध नेपालको सानदार सुरुआत

SHARE:

विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको तेस्रो सिरिजमा नेपालले बलियो युएईविरुद्ध उत्कृष्ट सुरुआत गरेकोछ । सारजाहमा युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि बलिङमा आएको नेपालले सुरुआतमै विकेट लिँदै युएईलाई दबाबमा राखेको छ।

ताजा अवस्थामा १३ ओभरमा ४१ रन बनाउँदा नेपालले युएईका सुरुआती ४ विकेट लिएको छ । नेपालका लागि सोमपाल कामीले ६ ओभरमा १७ रन खर्चेर तीन विकेट लिए । उनले सुरुआती तीन विकेट लिएका थिए ।

पहिलो खेलमा पिएनजीविरुद्ध पनि ३ विकेट लिएका सोमपालले ओपनर सिराग सुरीले चौथो ओभरको पाँचौं बलमा विकेट किपर आसिफ सेखबाट क्याच गाए भने छैठौं ओभरको पहिलो बलमा भृत्य अरविन्दलाई आसिफबाटै क्याच गराए । यस्तै, दशौं ओभरको पहिलो बलमा ओपनर मोहम्मद वासिमलाई २१ रनमा ज्ञानेन्द्र मल्लबाट क्याच आउट गराए।

यस्तै करण केसीले भने १ विकेट लिए । उनले आसिफ खानलाई ७ रनमा आसिफ सेखबाटै क्याच आउट गराएका थिए।

SHARE: