°
, May 29, 2023 in

कुशलको आकर्षक शतक, एकदिवसीयमा पहिलो पटक नेपालले बनायो ३ सय बढी रन

SHARE:

युवा अलराउन्डर कुशल मल्लको कीर्तिमानी शतक मद्दतमा नेपालले एकदिवसीय क्रिकेटमै सर्वाधिक रन बनाएको छ। एसिसी प्रिमियर लिगअन्तर्गत कीर्तिपुरस्थित टियू मैदानमा जारी ओमानविरुद्धको खेलमा नेपालले कुशलको शतक मद्दतमा नेपालले ३१० रन बनायो।

नेपालले एकदिवसीय क्रिकेटमा ३ सय रन पार गरेको पहिलो पटक हो। यसअघि नेपालले टियू मैदानमै पपुवा न्युगिनीविरुद्ध २९७ रन बनाएको थियो।

दुवै ओपनरलाई शुन्य रनमै गुमाएपछि मिडल र तलो क्रमका ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले कीर्तिमानी योगफल बनायो । नेपालका लागि १९ वर्षीय युवा अलरान्डरले आक्रामक इनिङ खेल्दै शतक प्रहार गरे।

कशुृलले ६४ बल खेल्दै ९ चौका र १० छक्का प्रहार गर्दै १०८ रन बनाए। उनको एकदिवसीय क्रिकेटको पहिलो शतक हो । नेपालका लागि एकदिवसीय क्रिकेटमा शतक बनाउने कान्छो खेलाडी बन्ने क्रममा उनले ५९ बलमा समान ९ चौका र ९ छक्का प्रहार गरे।

यस्तै, उनी नेपालका छिटो शतक बनाउने खेलाडी पनि बने । यसअघि कप्तान रोहित पौडेलले ९० बलमा शतक बनाएका थिए।

कुशल नेपालका लागि एकदिवसीयमा शतक प्रहार गर्ने चौथो पाँचौ खेलाडी समेत बने । यसअघि नेपालका लागि पूर्व कप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र कुशल भुर्तेलले शतक प्रहार गरेका छन्।

कीर्तिपुरमै अमेरिकाविरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यु गरेका कुशलले २१औं खेलमा आएर पहिलो शतक प्रहार गरेका हुन्।

यस्तै, नेपालका लागि अलरान्डर सोमपाल कामीले पनि अर्धशतक प्रहार गरे । एकदिवसीयमा दोस्रो अर्धशतक बनाउने क्रममा उनले ३९ बलमा ७ चौका प्रहार गरे। नटआउट रहेका उलने ४८ बलमा ९ चौकाको सहयोगमा ६३ रन बनाए।

यस्तै, करण केसीले १६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै नटआउट २९ रन बनाए। यी दुईले नवौं विकेटका लागि ६१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।

त्यसअघि भीम सार्कीले ३३, आरिफ सेखले २९ र कप्तान रोहितकुमार पौडेलले २३ रन बनाए।

ओमानका लागि आयन खानले २ तथा बिलाल खान, कलिमुल्लाह, जिसन मक्सुद, फायद बुट, अकिब इल्यास र जतिन्दरसिंहले समान १ विकेट लिए।

SHARE: