शनिबार हुने सातौं नेपालगन्ज म्याराथनमा चर्चित कलाकार राजेश हमाल पनि सहभागी हुने भएका छन् । म्याराथन सहभागीको हौसला बढाउन अभिनेता हमालको विशेष उपस्थिति रहने आयोजक नेपालगन्ज म्याराथन र क्रिएटिभ ह्यान्ड्सले जनाएको छ।
प्रत्येक वर्ष मंसिर ५ मा नेपालगन्जमा म्याराथन हुँदै आए पनि यो वर्ष प्रतियोगिता एक दिनअघि अर्थात् मंसिर ४ गते नै हुनेछ। गत वर्ष कोरोना महामारीका कारण भव्य गर्न नसकिए पनि यसपालि म्याराथनलाई उत्सवमय बनाउने लक्ष्य लिएको क्रिएटिभ ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरीले बताए ।
विश्वका ठूला सहरमा हुने सिटी म्याराथनको अवधारणामा हुन लागेको नेपालगन्ज म्याराथनमा मुख्य म्याराथन ९४२।१९५ किमि०, हाफ म्याराथन ९२१ किमि०, १० किमि पुरुष खुला, ५ किमि महिला खुला, ५ किमि छात्र, ३ किमि छात्रा, किड्स रन ९८ देखि १२ वर्ष०, २ किलोमिटर कर्पोरेट रन, वाकाथन र ह्वीलचेयर दौड गरी १० इभेन्टमा प्रतिस्पर्धा हुनेछ । सातौं नेपालगन्ज म्याराथनको उद्घाटन युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले गर्ने कार्यक्रम छ ।
सात हजार मानिसलाई दौडाउने योजनाअनुसार नेपालगन्ज म्याराथनको तयारी पूरा गरिएको आयोजकको दाबी छ । राष्ट्रिय स्तरका सबै र विदेशबाट समेत केही धावक नेपालगन्ज म्याराथनमा दौडिँदै छन् । सातै प्रदेशका खेलाडी नेपालगन्ज म्याराथनमा सहभागी हुँदै छन् ।
म्याराथन तथा हाफ म्याराथनमा शीर्ष ७ जनालाई नगद राशीबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ। म्याराथनतर्फ विजेतालाई एक लाख, उपविजेतालाई ५०, तृतीयलाई २५, चौथोलाई १५, पाँचौंलाई १०, छैटौंलाई ८ र सातौंलाई ७ हजार प्रदान गरिनेछ। हाफ म्याराथन (महिला)तर्फ विजेताले ५१, दोस्रोले २५, तेस्रोले १५, चौथोले १०, पाँचौंले ८, छैटौंले ७ र सातौंले ६ हजार पाउनेछन्। १० किमी खुल्ला पुरुषतर्फ प्रथम हुनेले २५, दोस्रोले १५ र तेस्रोले १० तथा महिला ५ किमी खुल्लातर्फ प्रथमले १५, दोस्रोले १० र तेस्रोले ७ हजार रुपैयाँ पाउनेछन्।
यसैगरी विद्यालय तहमा छात्र ५ किमीमा पहिलो हुनेले १०, दोस्रो हुनेले ७ र तेस्रो हुनेले ५ पाउनेछन् भने ३ किमी छात्रा स्कुलतर्फ पहिलो हुनेले ७, दोस्रोले ५ र तेस्रोले ३ हजार पाउनेछन्। ह्वीलचेयरतर्फ पहिलो हुनेले ७, दोस्रोले ५ र तेस्रोले ३ हजारबाट पुरस्कृत हुनेछन्।