नेपाल चारदेशी टि–२० सिरिजको फाइनलमा पुगेको छ।
जारी सिरिजको नेपाल र हङकङबीचको लिगको अन्तिम खेल वर्षाले बीचमै रोकिएपछि नेपाल फाइलनमा पुगेको हो।
घरेलु टोलीसँगको खेल वर्षाले रोकिएपछि नेपाल २ जितसहित कुल ५ अंकससहित शीर्ष स्थानमा रह्यो। यसअघिका २ खेलमा नेपालले कतारलाई ८ विकेट र कुवेतलाई ६ विकेटले हराएको थियो।
यता, घरेलु टोली हङकङ तीन अंकसहित तेस्रो हुँदै फाइनल पुग्न असफल भयो।
नेपाल र हङकङबीचको खेल पहिलो इनिङको ९ ओभरमात्र सम्भव भएको थियो। उससमा पहिला ब्याटिङ गरेको हङकङले ३ विकेटको क्षतिमा ६८ रन बनाएको थियो। त्यसपछि भारी वर्षा भएपछि खेल रद्द भएको हो।
अब भोलि हुने फाइनलमा नेपालले कुवेतसँग खेल्ने छ। कुवेत दोस्रो हुँदै फाइनल पुगेको हो।