आईसीसी टी–२० विश्वकप २०२६ मा नेपाली क्रिकेट टोलीको खेलका लागि टिकटको ठूलो माग देखिएको छ।
मुम्बईको वाङखेडे स्टेडियममा हुने नेपालका चार खेलका टिकट बिक्री भारतपछि दोस्रो स्थानमा रहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।
टाइम्स अफ इन्डियाका अनुसार भारतपछि नेपालका खेलका टिकट सबैभन्दा धेरै बिक्री भएका छन्। यसले नेपाली क्रिकेटको लोकप्रियता देखाएको समाचारमा उल्लेख छ।
प्रतियोगितामा नेपालले सबै खेल वाङखेडे स्टेडियममा खेल्ने छ। नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डविरुद्ध खेल्नेछ भने फेब्रुअरी १२ मा इटाली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज अनि फेब्रुअरी १७ मा स्कटल्यान्डविरुद्ध खेल्ने छ।
त्यसअघि नेपालले दुई अभ्यास टी(२० खेल अनि दुई वार्म अप खेल पनि खेल्नेछ ।
